पाेखरा: कामदारलाई यौन क्रियाकलापमा लगाएको आरोपमा राेशन खाजाघरको साहुनी पक्राउ

छोरी फरार

पाेखरा | साउन १९, २०८०

पाेखरा: कामदारलाई यौन क्रियाकलापमा लगाएको आरोपमा राेशन खाजाघरको साहुनी पक्राउ

पोखरा:  वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले यौन शोषणको आरोपमा ३७ वर्षीया एक महिलालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित रोशन खाजा घरकी सञ्चालिका पार्वती काराखेती रहेकी छिन् भने उनको छोरी फरार छिन् । 

 

उनलाई बैदाम प्रहरीको टोलीले हिजो (बिहीबार) पक्राउ गरेको हो ।

 

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा शुक्रबारनै दिउँसो १ बजे उक्त खाजाघरबाट पोखरा ८ का जनप्रतिनिधि, शुभ अवसर ग्राम नामक संस्थाको सहकार्यमा एक १८ वर्षीया युवतीसहित नाबालिगलाई उद्धार गरिएको थियो । 

 

त्यसपछि अनुसन्धानको क्रममा ति खाजाघर सञ्चालिका पार्वती र उनकी छोरीले नाबालिग र युवतीहरुलाई कामदारको रुपमा राखी जबरजस्ती (इच्छाविपरीत) यौन व्यवसायमा संलग्न गराई यौन शोषण गरेको खुलेपछि सञ्चालिकालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

 

‘नाबालिगलाई काममा राखेर यौन व्यवासयमा लगाउने सूचना आएपछि फलो गरेका थियौ, एउटा नानीलाई उद्धार गरेपछि खाजाघर चलाउने सञ्चालिकालाई नियन्त्रणमा लिएका छौ, ति प्रहरी अधिकृतले भने ।

 

बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्